सैनामैनाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा  कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भए । शर्माले एमालेका चित्रबहादुर कार्कीलाई पराजित गरेका हुन् । कार्की गत निर्वाचनमा एमालेबाट प्रमुखमा विजयी भएका थिए । 

विजयी भएका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएका छन् । कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरेका छन्  । शर्मा २०७४ मा कार्कीसँग पराजित भएका थिए ।

उपमेयरमा नेकपा एमालेका बिना राना निर्वाचित भएकी छिन् । रानाले १५ हजार ७ सय ६२ मत प्राप्त गर्दा माओवादी केन्द्रका मानवहादुर महतले १३ हजार ७ सय २० मत मात्र प्राप्त गरेका छन्  । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।

See More On

सुझावित समाचार