सिराहाको धनगढीमाई नगरकाे मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा  कांग्रेस विजयी भएका छन् । मेयरमा एमालेका शिवशंकर महतो सात हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामचन्द्र यादव ६ हजार नाै सय एक मत प्राप्त गरी पराजित भए ।  यादवलाई एक सय ५५ मतले पछि पार्दै नमेयरमा महतो निर्वाचित भएका हुन्।

यसैगरी, उपमेयरमा कांग्रेसकी संगीताकुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी शोभाकुमारी बराल ६ हजार तीन सय ७८ मत प्राप्त गरी पराजित भएकी छिन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार