जुम्लाको गुठीचौर पालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा समाजवादी विजयी

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । बुढा एक हजार सात सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्याशी एकीकृत समाजवादीका उम्मेदवार जनक थकाली एक हजार ६ सय चार मत प्राप्त गरी पराजित भएका छन् ।

उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छिन् । उनी एक हजार पाँच सय तीन मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएकी हुन् । उनकी प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले एक हजार दुई सय १४ मत प्राप्त गरिन् । 

गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार