जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका राजन पौडेल विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन्। लोसपा सन्जय साहले ५ हजार ३८२ मत प्राप्त गरे।

उपप्रमुखमा नेकपा एमालेका भोला अधिकारी १७ हजार ४९२ मतसहित विजयी भएका हुन्। उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत प्राप्त गरिन्। यस्तै लोसपाका बिपी मोक्तानले ५ हजार २७ मत प्राप्त गरिन्। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार