मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गठबन्धनले जितेको छ । नेकपा एमालेका प्रमुख, उपप्रमुख उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले जितेको हो ।

प्रमुखमा कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । ०७४ मा पनि प्रमुखमा कांग्रेस विजयी भएको थियो । २१ हजार सात सय ७१ मतगणना गरिएको बकैया प्रमुखमा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार दुई सय ९२ मत ल्याएका छन् । 

पराजित एमालेकी सरला बोलखेले सात हजार ६६ मत प्राप्त गरिन् । बोलखे यसअघि उपप्रमुख थिइन् । उपप्रमुखमा निर्वाचित खत्रीले नौ हजार पाँच सय २२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले सात हजार ६ सय ५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार