दार्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका  छन् । अध्यक्षमा निर्वाचित निमबहादुर केसीले चार हजार ६ सय ६४ मत प्राप्त गरे । 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले तीन हजार १४ मत प्राप्त गरेका छन् ।  निमबहादुरले यसअघि पनि गाउँपालिकाको अध्यक्ष भई पाँच वर्ष कार्यकाल बिताइसकेका छन् । उनी दोस्रो कार्यकालका लागि फेरि  अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल चन्द चार हजार चार सय  ६६ मत  ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उषा चन्दले दुई हजार आठ सय ६४ मत पाइन् । 

सुझावित समाचार