भरतपुरमा रेनु दाहाल १,३६८ मतान्तरले अगाडि

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले नौ हजार चार सय पाँच मत ल्याएर अग्रता लिएकी छिन् ।उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले आठ हजार ३७ मत ल्याएका छन् ।

सुवेदीभन्दा दाहाल एक हजार तीन सय ६८ मतले अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार भरतपुरमा अहिलेसम्म २६ हजार एक सय २६ मत गणना भएको छ । 

जसमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार दुई सय ४८ मत ल्याएका छन् । गठबन्धनतर्फका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार एक सय ९६ मत ल्याएका छन् भने एमालेकी हिमला गुरुङले ६ हजार पाँच सय ४८ मत ल्याएकी छिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार