तुलसीपुर उपमहानगरमा एमालेको सुरुवाती अग्रता

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टीकाराम खड्काले दुई सय दुई मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले एक सय ८७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले दुई सय सात र गठबन्धनतर्फबाट एकीकृत समाजवादीका उम्मेदवराले एक सय ३२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ को गणना भइरहेको छ । 

यस पालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरको मेयर, उपमेयरमा एमालेले जितेको थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार