पैयुँ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका ठकुरी र उपाध्यक्षमा एमालेकी राना विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन्। मल्ल तीन हजार आठ सय २४ मत प्राप्त गरी विजयी भएका हुन्।

ठकुरीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार तीन सय ८० मत ल्याएका छन्। ठकुरीले श्रेष्ठलाई चार सय ४४ मतान्तरले पराजित गरेका हुन्।

उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना विजयी भएकी छिन्। रानाले तीन हजार सात सय ७७ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी जानकी प्रधानले तीन हजार चार सय ५८ मत ल्याएकी छिन्।

पैयुँ गाउँपालिकामा सातवटा वडा रहेका छन्। जसमा वडा नं. १ र ७ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार