इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिंगोलाई हराउँदै एमालेका उम्मेदवार हेमन्त राई निर्वाचित भएका हुन् । राईले इदिंगोलाई ३२३ मतान्तरले पराजित गरेका हुन् ।
अध्यक्षमा निर्वाचित राईले तीन हजार आठ सय १८ मत प्राप्त गर्दा इदिंगोले तीन हजार तीन सय ९५ मत ल्याए । यस अघिको स्थानीय तहको निर्वााचनमा पनि राई र इदिंगो नै अध्यक्षका उम्मेदवार थिए । त्यसबेला इदिंगोले राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक भने राईले बाजी मारेका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार विनोद नेम्वाङ विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार सुनिता सुब्बालाई पराजित गरेका छन् । जनता समाजवादीका नेम्वाङले तीन हजार सात सय २९ मत पाएका छन् भने उपाध्यक्षमा पराजित भएकी एमालेकी उम्मेदवार सुब्बाले तीन हजार ४६ मत प्राप्त गरिन् । उपाध्यक्षमा पनि नेम्वाङ र सुब्बाको दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा सुब्बाले नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।