धनगढीमा मतान्तर फराकिलो बनाउँदै स्वतन्त्र उम्मेदवार हमाल

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन्। सुरुबाटै अग्रता लिइरहेका हमालले सोमबार दिउँसोसम्म १०३२९ मत गणना हुँदा ४५३८ मत पाएका छन्।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर बड स्वतन्त्र उम्मेदवार हमालभन्दा २११० मतले पछि परेका छन्। वडले २४२८ मत पाएका छन् । नेकपा एमालेका रणबहादुर चन्द ११४० मतसहित तेस्रो स्थानमा छन्।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी २१३८ मतसहित अग्रता लिइरहेकी छिन्। मतान्तर घटाउँदै लगेकी एमालेबाट उपमेयरका उम्मेदवार कन्दकला रानाले १९३८ मत पाएकी छिन्। उपमेयरमा स्वतन्त्र उम्मेदवारी प्रभाकर भण्डारीले १२५६ मत पाएका छन्। ९३१५१ मतदाता रहेको धनगढीमा ६३७१५ जनाले मतदान गरेका छन् । 
 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार