सिरहा नगरपालिका ३ मा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

 सिरहा नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका प्रदीप कुमार मण्डल प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा निर्वाचित मण्डलले  पाँच सय ३० मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका नरेश कुमार मण्डलले  तीन सय ५३ र नेपाली कांग्रेसका राम बहादुर मण्डलले  दुई सय १४ मत प्राप्त गरेका छन् । 
वडा अध्यक्षमा निर्वाचित मण्डल २०७४ को स्थानीय तह निर्वाचनमा  कांग्रेसका रामबहादुरसँग पराजित भएका थिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार