कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमालेका निर्मल राना निर्वाचित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको लालझाडी गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन ।  लालझाडी गाँउपालिका अध्यक्षमा निर्मल राना र उपाध्यक्षमा सपना चौधरी दुवै एमालेकै उम्मेदवार निर्वाचित भएका हुन् ।

एमालेका निर्मल रानाले निकटतम प्रतिद्वन्द्धी माओवादीका मदनसेन बडायकलाई १ हजार ६ सय ३१मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । रानाले चार हजार पाँच सय १६, माओवादीका बडायकले दुई हजार ८ सय ५८मत ल्याएका थिए । कांग्रेसका श्रीकृष्ण रानाले दुई हजार चार सय ६८मत ल्याए ।

यसअघि ०७४को चुनावमा एमालेका निर्मल राना हराउँदै माओवादीका बडायक अध्यक्ष भएका थिए । अहिले एमालेका रानाले माओवादीका बडायकलाई हराउँदै अध्यक्ष भएका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार