विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका छन् ।

उनलाई एमालेका सागर थापाले तीन हजार तीन सय १५मतसहित पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले एक हजार तीन सय ६९ मत ल्याएका छन् । उममेयरमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् ।

उनको तीन जार सात सय ६३ मत आउँदा गठबन्धनबाट उपमेयरमो उम्मेदवार बनेका जनता समाजवादीका अमरेन्द्र यादवको दुई हजार चार सय २५ मत आएको छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार