कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ र उपाध्यक्षमा सीता अधिकारी ६ हजार तीन सय ७३ मत प्राप्त गर्दै विजयी भएका हुन्।
अध्यक्षका प्रतिस्पर्धी एमालेका विक्रम गुरुङले ६ हजार ६ सय १७ मत प्राप्त गरे भने उपाध्यक्षमा एमालेकै सीता तिवारीले ५ हजार नाै सय ५१ मत प्राप्त गरिन्।