पोखरा महानगरमा तीन सय मतगणना : मेयरमा एमालेका थापा चार मतले अगाडि

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा तीन सय मतगणना गर्दा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन् । उनले ११३ मत ल्याउँदै अग्रता लिएका हुन् ।

उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले १०९ मत ल्याएका छन् । 

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले १२७ मतका साथ अग्रता लिएकी छिन् । उनलाई एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ११५ मत ल्याएर पछ्याइरहेकी छन् । 

पोखरामा मेयर पदमा आचार्य र थापा सहित २३ जनाले उम्मेदवारी दिएका थिए भने उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका थिए । पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

सम्पादकको रोजाइ

सुझावित समाचार