पोखरा महानगरपालिकामा गठबन्धनको पुनः अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनले पुनः अग्रता लिएको छ । दुई सय मतगणना गर्दा  गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ७६ मत ल्याएका छन् । उनलाई एमालेका कृष्ण थापाले ७४ मत ल्याएर पछ्याएका छन् । 

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले ८३ मतका अग्रता लिएकी छिन् । उनलाई एमालेको तर्फबाट उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पछ्याइरहेकी छिन् । 
पोखरामा राप्रपाको तर्फबाट मेयरका उम्मेदवार शंकर खरालले ११ मत ल्याएका छन् भने अटेरी अभियानका अभियान्त मेयर उम्मेदवार गनेश पौडेलले ७ मत ल्याएका छन् ।
पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

सम्पादकको रोजाइ

सुझावित समाचार