काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान जेठ ३ गते हुने भएको छ। वैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए। जिल्लामा एक मात्र मतदानस्थलमा पाँचखाल १३ मा मतदान रोकिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना टाँस गरेको छ।
वडा न १३ को मतदान अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित भएको थियो। वैशाख ३० गते बिहानै सुरु गरेको मतदान केही समयपछि विवादका कारण मतदान रोकिएको थियो।