विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।, 

एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका सागर थापाले दुई सय ९६ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार उमेश यादवले १ सय ११ र राप्रपाका प्रल्हाद साहले ७५ मत ल्याएका छन् । 

उपप्रमुखतर्फ  एमालेकी शिल्पा कार्कीले ३४५ र जसपाका अमरेन्द्र यादवले १९८, स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ६१ मत ल्याएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार