हुम्लाको ताँजाकोटको दुई वडामा माओवादी विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

हुम्लाको ताँजाकोटको दुई वडामा वडाध्यक्ष माओवादी केन्द्रका पूरै प्यानलै विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालसहित पूरै प्यानल विजयी भएको छ । 

वडा नम्बर १ मा मनलाल रिठालले २२३ मत ल्याएका छन् । एमालेका हिक्मतजङ खड्का पराजित भए । यस  वडामा ४५७ मत खसेको थियो । 

वडा नम्बर ५ को अध्यक्षमा पनि माओवादीका मंगल नेपालीसहित पूरा प्यानलै विजयी भएको छ । मंगल नेपालीले ३०७ मत प्राप्त गरेर विजयी भएका छन् । एमालेका रत्नलाल बुढा पराजित भए । यस वडामा ४८० मत खसेको थियो । 

See More On

सुझावित समाचार