मुगुको छायानाथ रारा नगरपालिकामा कांग्रेसको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

जिल्लाको छायानाथ रारा नगरपालिका–१४ को  सुरुवाती मतगणनामा नेपाली कांग्रेसले  अग्रता लिएको छ । अहिलेसम्म ३ सय मतगणना गर्दा मेयरमा कांग्रेसका विष्णु कुमार भामले १ सय २६ मत प्राप्त गरेका छन् ।

एमालेका डम्बर रावलले ९८ मत प्राप्त गरेका छन् भने  माओवादीका सुर बुढाको  ५० मत आएको छ ।त्यस्तै उपमेयरमा कांग्रेसल  १ सय २३, एमालेलाई १ सय १  मत प्राप्त भएको छ एकीकृत समाजवादीलाई ३८ मत प्राप्त भएको छ  भने वडा अध्यक्षमा कांग्रेसलाई १ सय ३०, एमाले ९४ र माओवादीलाई ५५ मत आएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार