भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ९ बजेबाट

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान नौ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान नौ बजेबाट मतगणना सुरु हुने जनाएका छन् ।

मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी  मा हुने पनि अधिकारीले जानकारी दिए । मतगणना सुरु हुनुभन्दा एक घण्टा अघि नै उम्मेदवारले मतगणना स्थानमा आफ्नो प्रतिनिधि पठाउन निर्वाचन आयोगले आग्रह गरेको छ । 

सुझावित समाचार