काभ्रेको तेमालमा हवाई फायर

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

काभ्रेको तेमाल गाउँपालिका वडा ७ चापाखोरीस्थित भुमेश्वर मावि मतदान केन्द्रमा झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। इच्छाइएको व्यक्तिलाई मतदान गर्ने विषयमा युवाहरूबीच झडप हुँदा हवाई फायर गरिएको जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए। 

अवस्थ सामान्य पार्नको लागि १ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। मतदान रोकिएको केही समयपछि सुचारु गर्नको लागि छलफलमा रहेको प्रहरीले जनाएको छ। त्यसैगरी पाँचखाल नगरपालिका वडा न १३ कोसीदेखा सीता माविको मतदान केन्द्रमा पनि मतदान रोकिएको छ। मत पत्र दिने विषयमा विवाद हुँदा मतदान रोकिएको छ। 

काभ्रेको चौरीदेउराली गाउँ पालिका वडा न ६ को प्रभा मावि मतदान केन्द्रमा मतपेटिका फुटाएको छ। हुलदंगा हुँदा खाली राखिएको मत पेटिका फुटाएको निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले जानकारी दिए। अहिले दलीय संयन्त्रको बैठक बसिरहेको छ। तीनवटै स्थानमा मतदान स्थगित रहेको छ। केही बेरमा छलफलपछि निर्वाचन सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार