उम्मेदवारको मृत्युपछि बुधबार मनोनयन दर्ता

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– १७ का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि बुधबारको समय तोकिएको छ।

एमालेका लागि मात्रै बुधबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए । 

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं. १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुनेछ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचारप्रसार गर्न पाइनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै, जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं. १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार