कांग्रेस निर्वाचन परिचालन समितिको सचिवालय गठन

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

कांग्रेसले निर्वाचन तयारीलाई तीव्रता दिन उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय  गठन गरेको छ। समिति संयोजक खड्काले ६ सदस्यीय स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन गरेका हुन्। 

केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा डा. सुरेश आचार्य, डा. प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले सदस्य रहेको सचिवालय गठन गरिएको छ । 

सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरूले गरेका निर्णयको कार्यान्वयनको अवस्था, सांगठनिक संरचना र निर्वाचन अभियानको बारेमा भइरहेका कामहरूको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक काम गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सुझावित समाचार