स्थानीय तह निर्वाचनका लागि लमजुङमा नौ सय ८७ म्यादी प्रहरी खटिए

मंगलबार, २० बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा नौ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि नौ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् ।
 
स्थानीय तह निर्वाचनका लागि जिल्लामा नौ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनोट गरिएको प्रहरीले जनाएको छ । जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र दुई हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये तीन सय ९६ जना महिला छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार