आइजिपी नियुक्तिप्रति शेखर कोइरालाको असन्तुष्टि

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले सरकारले वरीयता र प्रक्रिया मिचेर आइजिपी नियुक्त गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाएको उनको प्रतिक्रिया छ। 

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ,’ कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

आइतबार मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको थियो। 
 

सुझावित समाचार