रसुवाको आमाछोदिङमाे गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध

मंगलबार, १३ बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाको आमाछोदिङमाे गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएको आमाछोदिङमाे गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताए । 

वडा नम्बर २ को दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ को दलित महिला सदस्यमा गममाया विक निर्विरोध भएको उनले बताए । उनीहरूबाहेक अन्यको उम्मेदवारी नपरेसँगै उनीहरू निर्विरोध निर्वाचित भएको लुइँटेलको भनाइ छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार