गोरखा नगरपालिकामा मेयरको टिकट श्रेष्ठबाट खोसेर पन्तलाई

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट विश्वदेव श्रेष्ठले पाएको मेयरको टिकट पुन: राजनराज पन्तलाई दिएको छ। कांग्रेसका कार्यकर्ताहरूले असन्तुष्टि जनाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पन्तलाई टिकट दिएको हो। 

नगरपालिकाको मेयर पदको टिकट पाएसँगै यसअघि मेयर पन्तले नगरप्रमुख पदबाट राजीनामा दिएर दलबलसहित उम्मेदवारी दर्ता गराएका छन्। मेयर पन्तले दोस्रो कार्यकालका लागि उम्मेदवार दर्ता गराएका हुन्।  

यसअघि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टीले सक्षम उम्मेदवार चयन नगरेको भन्दै गण्डकी प्रदेश समितिको निर्णयको विरोध भएको थियो। 

आक्रोशित युवाहरूले मेयरको टिकट पाएका भनिएका विश्वदेव श्रेष्ठलाई हतापातसमेत गरेका थिए। गोरखा सदरमुकामस्थित शक्तिचोकमा फोटो खिच्न स्टुडियोभित्र पसेको वेला आफ्नै कार्यकर्ताले कुटपिट गरेको पीडित श्रेष्ठले बताए। 

सम्पादकको रोजाइ

सुझावित समाचार