ललितपुर महानगरपालिकाको मेयरमा एमालेका व्यञ्जनकारले गराए उम्मेदवारी दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्। जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

व्यञ्जनकार यसअघि ०७४ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट मेयरको प्रत्याशी थिए। त्यतिवेला उनी करिब तीन सय २५ भोटले पराजित भएका थिए। यसपटक व्यञ्जनकारले महानगर मेयरका लागि पुनः उम्मेदवारी दर्ता गराएका हुन्।
 

सम्पादकको रोजाइ

सुझावित समाचार