निर्वाचनमा खटिने कर्मचारीलाई वैशाख १५ भित्र सम्बन्धित निकायमा हाजिर हुन आयोगको निर्देशन

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई वैशाख १५ भित्र सम्बन्धित निकायमा हाजिर हुन निर्देशन दिएको छ । आयोगले १५ चैतभित्र सरुवा वा काज वा पदस्थापन भएका तीनै तहका सरकारमातहत रहेका कर्मचारीहरू तोकिएको निकायमा हाजिर नभएको गुनासो आएको भन्दै १५ वैशाखभित्र हाजिर हुने व्यवस्था मिलाउन सरोकारवाला सबैलाई निर्देशन दिएको हो । 

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि २०७९ वैशाख १५ भित्र अनिवार्य रूपमा तत् तत् निकायमा हाजिर हुन पठाउने व्यवस्थाका लागि सरोकारवाला सबैमा आयोग निर्देशन गर्दछ,’ आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार