महानगरको उम्मेदवारबारे छलफलका लागि भोलि कांग्रेस कार्यसम्पादन समिति बैठक

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

महानगरपालिकाका उम्मेदवारबारे छलफलका लागि भोलि शुक्रबार कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारीका सम्बन्धमा छलफलका लागि बैठक आह्वान गरेका हुन्। 

बैठक भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिए। कांग्रेसमा महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई रहेको छ।

सुझावित समाचार