काठमाडौंको मेयरका लागि कांग्रेसले सिफारिस गर्‍यो पाँचजनाको नाम

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ। महानगर समितिले सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको हो।

यस्तै, उपप्रमुखमा सुशीला ढकाल र प्राडा अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ। सत्तागठबन्धनमा काठमाडौं महानगरको मेयर कांग्रेसलाई र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको छ।
 
 

सुझावित समाचार