मौन अवधिमा मादक पदार्थको बिक्री रोक्न निर्वाचन आयोगको प्रस्ताव

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले मौन अवधिमा देशभर मादक पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाउन प्रस्ताव गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलक्षित सञ्चारमाध्यमसँगको मंगलबारको अन्तत्र्रिmया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर यस्तो प्रस्ताव गरिएको जानकारी दिए । 

‘निर्वाचनको मौन अवधि भनेको चुप लागेर बस्ने अवधि हो । हामीले त्यसलाई बढी चलायमान हुने अवधि हो भनेर बुझिदियौँ, यसमा फेरबदल ग¥यौँ, यसमा चलायमान गर्ने विविध तŒव हुन्छन्, मादक पदार्थको बिक्री–वितरण र सेवनले मान्छेलाई चलायमान गराउँछ । मौन अवधि जारी भएपछि देशभरि नै मादक पदार्थको बिक्री–वितरण र सेवनलाई निषेध र नियन्त्रण गरौँ भन्ने प्रस्ताव अगाडि सारिएको छ,’ उनले भने । 

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नयाँ कामको थालनी गर्दा निर्वाचन आयोगप्रति शंकाको दृष्टिले हेरिँदा निर्वाचन सुधारका काममा असहज हुने गरेको पनि बताए । आयोगको काम–कारबाहीलाई लिएर पछिल्लो समय एमालेले प्रश्न उठाउँदै आएको छ । 

आयोगले निर्वाचन सुधारका लागि गरेका नयाँ कामलाई स्वार्थको सेरोफेरोबाट हेरिँदा आयोगलाई काम गर्न अप्ठ्यारो भएको बताए । ‘निर्वाचन तयारीमा जुटिरहँदा कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेरिदिने, कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहज रूपमा पचाउन पनि नसक्ने र कुनै नयाँ थालनी ग¥यौँ भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्नेजस्ता प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउन कहीँ–कतै असहज तथा अप्ठ्यारो भएजस्तो महसुस हुँदो रहेछ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार