लालझाडीमा कांग्रेसले सर्वसम्मत टुंग्यायो उम्मेदवार

शुक्रबार, २५ चैत, २०७८
डिजिटल संस्करण

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार छनाेट गरेको छ। कांग्रेसले लालझाडीमा प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत टुंग्याएको हो।

कञ्चनपुर कांग्रेसका उपसभापति हरिशचन्द्र रानाले लालझाडीमा मात्रै प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत छनाेट गरिएको जानकारी दिए। ‘नौ पालिका रहेको जिल्लामा लालझाडीमा मात्रै प्रमुख र उपप्रमुख सर्वसम्मत छनाेट गरिएका छन्,’ उनले भने, ‘बाँकी पालिमामा आकांक्षी बढी देखिएका छन्।’

कांग्रेसबाट प्रमुखमा श्रीकृष्ण राना र उपप्रमुखमा राधा राना छनाेट भएका छन्। कांग्रेसले लालझाडीमा उपप्रमुख दोहोर्याएको छ। यसअघि पनि राधा उपप्रमुखमा लडेकी थिइन्। 

सम्पादकको रोजाइ

सुझावित समाचार