नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न पाउने

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

नेपालले भारतलाई थप तीन सय २५ मेगावाट विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप तीन सय २५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको छ । योसँगै नेपालले भारतीय विद्युत् बजारमा तीन सय ६४ मेगावाट विद्युत् बिक्री गर्ने स्वीकृति पाएको छ । 

नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको ‘इन्डिया–नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेसन’ सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार