चुनावको घोषणापत्रका लागि ज्येष्ठ नागरिकसँग संवाद

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

एमालेले आगामी चुनावमा ज्येष्ठ नागरिकको हितमा गर्न सकिने काम घोषणापत्रमा राख्नका लागि ज्येष्ठ नागरिकसँग सुझाव लिएको छ । मनमोहन स्मृति प्रतिष्ठानको संयोजकत्वमा ज्येष्ठ नागरिकको हकहितका लागि विभिन्न क्षेत्रमा रहेर ज्येष्ठ नागरिकलाई सहयोग गरिरहेका संघसंस्था तथा समाजसेवीसँग सुझाव संवाद गरिएको हो ।

आगामी चुनावका लागि स्थानीय तहको घोषणापत्रमा ज्येष्ठ नागरिकको हकहितको विषय अनिवार्य लागू गरिने भएकाले सुझाव संकलन गरिएको नेता पोखरेलले बताएका छन् । उनी भन्छन्, ‘आगामी वैशाख ९ मा जारी गरिने घोषणापत्रका लागि सुझाव आवश्यक छ । घोषणापत्रमा निर्वाचित जनप्रतिनिधिले ज्येष्ठ नागरिकको हकहितका लागि नीतिगत रूपमा केन्द्रीय मापदण्ड निर्माणका लागि सुझाव लिइएको हो ।’ 

आगामी दिनमा ज्येष्ठ नागरिकको हकहितका लागि गर्न सकिने कामका लागि ज्येष्ठ नागरिकसँगै सुझाव लिइएको मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता पोखरेलले जनाएका हुन् । नीतिगत निर्देशनका आधारमा सात सय ५३ पालिका तहमा ज्येष्ठ नागरिकको हकहितका लागि प्रतिबद्धता जारी गरिने बताइएको छ । 

स्थानीय तहमा आ–आफ्ना समस्या हुने भएकाले पृथक् ढंगबाट ज्येष्ठ नागरिकको आवश्यकता पूर्तिका लागि स्थानीय तहमै नीतिगत रूपमा जान लागिएको नेता पोखरेल बताउँछन् । ज्येष्ठ नागरिकसँगको सुझाव संकलन कार्यक्रममा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गरिरहेका संघसंस्था, समाजसेवी, प्राध्यापक, पूर्वकर्मचारी र पत्रकारहरूको उपस्थिति थियो । 
 

सुझावित समाचार