मानिसका बीचमा हुने असमानता र विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

उपराष्ट्रपति नन्दबहादुर पुनले मानिस–मानिसबीच हुने असमानता र विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मानिस–मानिसबीचमा असमानता र विभेद हुन नहुने बताएका हुन्। समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने उनको धारणा थियो । 

‘सबै मान्छेहरू समान हुनुपर्छ। मान्छे मान्छे बिचमा विभेद हुनुहुँदैन। असमानता हुनुहुँदैन। कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरूले पढ्न नपाउने, कोही व्यक्तिले चाहिँ लाखौँ करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नुपर्ने यो कस्तो असमानता ?’ उपराष्ट्रपति पुनले भने, ‘यो खालको विभेद, यो खालको असमानता किन छ समाजमा ? त्यसकारण हामीले भन्ने गरेका छौँ समानता हुनुपर्दछ । विभेदको अन्त्य हुनुपर्दछ ।’

उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रैखालका राजनीतिक संघर्षहरू भए पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन हुन नसकेको बताए।

सुझावित समाचार