मानव तस्करीको आराेपमा प्रहरीले सुनसरीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो। सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो।
फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए। उनले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ। रासस