प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण
प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार

फाइल फाेटाे ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेको छ। कानुन व्यवसायीको १५औँ राष्ट्रिय सम्मेलन र पछिल्लो परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बारका पदाधिकारीले यस्तो जानकारी दिएका हुन्।

महाभियोग प्रस्तावले दलहरू पनि न्यायालय सुधारको पक्षमा उभिएकाे बारको निष्कर्ष छ। कार्यक्रममा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले महाभियोग पारित हुनेमा विश्वास व्यक्त गरे। ‘महाभियोग प्रस्ताव लगेर दलहरू न्यायालय सुधारको पक्षमा उभिएका छन्,’ उनले भने, ‘उहाँहरूले प्रस्ताव पारित गर्ने हामीसँग प्रतिबद्धता पनि गर्नुभएको छ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमन भइनसकेको बताउँदै श्रेष्ठले महाभियोग पारित नहुने अवस्था आए पनि कुनै पनि हालतमा बारले स्वीकार नगर्ने सम्मेलनले निर्णय गरेको जानकारी दिए। कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन गत फागुन १५ देखि १७ सम्म नेपाल प्रज्ञा भवन कमलादीमा भएको थियो।

सुझावित समाचार