न्यायपरिषद् बैठक बस्दै, विशेष अदालतमा न्यायाधीश सरुवा गरिँदै

बुधबार, ११ फागुन, २०७८
डिजिटल संस्करण

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। परिषद् स्रोतका अनुसार विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरूलाई काजसरुवा गर्ने प्रयोजनका लागि परिषद्को बैठक बोलाइएको हो। 

६ न्यायाधीश रहने व्यवस्था भएको विशेष अदालतमा गत साउन १ देखि अध्यक्षसहित चार न्यायाधीशको पद रिक्त छ।  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने व्यवस्था  छ ।

यसअघि परिषद् बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश रिक्त हुँदा अदालतको काम प्रभावित हुँदै आएको छ। 

सुझावित समाचार