संसदमा एमाले सांसदको नाराबाजी, अवराेधबीच बैठक जारी

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण
संसदमा एमाले सांसदको नाराबाजी, अवराेधबीच बैठक जारी

तस्बिर :अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभाको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्ष एमालेका सांसदले नाराबाजी सुरु गरेका छन्। सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन्। 

नाराबाजीबीच सभामुख सापकोटाले लामो समयदेखिको अवरोधले संसद्को काम प्रभावित भएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमाले सांसदहरूले संसद्को सर्वोच्चता कायम गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।

संसद्को आजको कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोकप्रस्ताव  समावेश गरिएको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्को बैठकलाई अघि बढाएका छन्।

सुझावित समाचार