१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आइतबार पेसी तोकेको छ। सर्वोच्चले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकेको हो।
एमालेले माधवकुमार नेपालसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका १४ सांसदविरुद्ध सर्वोच्चमा गत भदौ १७ मा मुद्दा दर्ता गराएको थियो।