कर्मचारी सरुवाका लागि भौतिक आवेदन बन्द

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघका कर्मचारीको सरुवाका लागि भौतिक रूपमा उपस्थित भएर लिइने निवेदन बन्द गरेको छ। कोभिड– १९ को संक्रमण बढेको भन्दै मन्त्रालयले संघमा कार्यरत कर्मचारीलाई सरुवा, काज र कामकाजका लागि आवश्यक निवेदन अनलाइनमार्फत पेस गर्न भनेको हो।

मन्त्रालयका सहसचिव वसन्त अधिकारीसहितका कर्मचारीलाई कोभिड संक्रमण भएपछि मन्त्रालयले सतर्कता अपनाएको छ। संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका अधिकृत नित्यराज भट्टराईका अनुसार राष्ट्रिय किताबखाना (निजामती)मा रहेको वैयक्तिक विवरणका आधारमा अनलाइन निवेदन दिनुपर्ने छ। सरुवाका लागि आउनेको भिडभाड बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तरतह सरुवा भने हाललाई स्थगित छ ।
 

सुझावित समाचार