एमडी प्रवेश परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगले गरेको एमडी/एमएस प्रवेश परीक्षाका नक्कली परीक्षार्थीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनैजना भारतीय नागरिक हुन्। 

पक्राउ पर्ने भारत उत्तर प्रदेश गोन्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्र, भारत बिहार सिक्टाका ३४ वर्षीय शशीभूषण सिंह र भारत बिहार खगरियाका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको हो। पक्राउमध्ये मिश्र नक्कली परीक्षार्थी हुन्। सिंह बिचौलिया हुन् भने मुरारीले परीक्षास्थलमा अमर्यादित गतिविधि गरेको आरोप छ। आयोगको परीक्षा शनिबार भएको थियो।
 

सुझावित समाचार