भारतले गत वर्षको ५ कात्तिकमा नेपाललाई हस्तान्तरण गरेको रेल अझै सञ्चालन हुन सकेको छैन । बरु, कुर्था–जयनगर रेल्वे ट्रयाकका १४ हजारभन्दा धेरै क्लिप र नटहरू चोरी भएका छन् । रेल अहिले धनुषाको इनर्वा स्टेसनमा थन्क्याइएको छ । लामो समयसम्म नचलाउँदा ब्याट्री, पिस्टनलगायतका सामग्री फेर्नुपर्ने भएको छ ।
सर्भिसिङ गरेर चलाउन कम्तीमा २५ देखि ३० लाखसम्म खर्च लाग्ने भएको छ । इनर्वामा इन्स्पेक्टरको नेतृत्वमा सशस्त्र प्रहरीका १४ जना रेलको सुरक्षाका लागि खटाइएका छन् ।
टिकटक बनाउनेहरूको भने इनर्वा स्टेसनमा घुइँचो लाग्ने गरेको छ । जयनगर–विजलपुर–बर्दिबाससम्मको ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्मको ३२ किलोमिटर पूर्वाधार तयार भइसकेको छ । तस्बिर : हदिश खुद्दार/नयाँ पत्रिका