दलिततर्फ कांग्रेस सहमहामन्त्रीमा कोइराला प्यानलका परियार विजयी

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

दलिततर्फ  कांग्रेस सहमहामन्त्रीमा डा. शेखर कोइराला प्यानलका जीवन परियार विजयी भएका छन्। परियार कुस खसेको ४६ सय ९४ मतमध्ये २२ सय १२ मत ल्याएर विजयी भएका हुन्। 

शेरबहादुर देउवा प्यानलका मानबहादुर विक २१ सय ७५ मत ल्याएर पराजित भए। 

गंगा सुनारको पक्षमा २३२ मत परेको थियो। ७५ मत बदर भएको  निर्वाचन समितिले जनाएको छ।

आदिवासी जनजातितर्फबाट कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका भीष्मराज आङ्देम्बे र महिलातर्फ  सहमहामन्त्रीमा देउवा प्यानलकी महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । 

सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा उपसभापतिमा देउवा प्यानलकै पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरुङ र महामन्त्रीमा कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्।

सुझावित समाचार