सिंहको प्यानलबाट उपसभापतिमा सुजाताको उम्मेदवारी घोषणा

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिने भएकी छिन्। सिंहले सभापतिमा उम्मेदवारी दिन काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेतृ कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले आफू स्वयं सभापतिको दाबेदार भए पनि सिंहमा पार्टीलाई परिवर्तन गरेर लैजाने भिजन देखेकाले उनको नेतृत्व स्विकारेको बताइन्।

पुरानो नेतृत्वबाट जनता वाक्क भइसकेको उल्लेख गर्दै उनले नेता सिंह गणेशमानका छोरा मात्र नभएको बताइन्। 'मैले पर्खेर हेरेँ। म आफैँ पनि सभापतिमा दाबेदार थिएँ। उहाँमा पार्टीलाई परिवर्तन गरेर लैजाने भिजन छ भन्ने लागेर नै मैले उहाँको नेतृत्वलाई स्विकारेको हो। रूपान्तरणका लागि साथ दिएको हुँ,' उनले भनिन्, 'उहाँ गणेशमानको छोरा मात्रै होइन। पार्टीका लागि धेरै योगदान गर्नुभएको छ। पुरानो नेतृत्वबाट जनता वाक्क भइसकेका छन्। एकचोटि नयाँ नेतृत्व हेरौँ।'

सुझावित समाचार