सुदूरपश्चिममा कोरोना संक्रमित शून्य

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ५५७ जनाको नमुना परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिएन।  

यस्तै, गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन। सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन्। रासस

See More On

सुझावित समाचार