जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘सुकुमबासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।’ आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुमबासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने सुझाब दिए। उनले थपे, ‘वास्तविक सुकुमबासी पहिचान गरौँ। तितरबितर पार्नु समस्याको समाधान होइन।’
फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने टिप्पणी गरे। प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो। उनले भने, ‘गठबन्धनको मात्रै होइन, लोकतन्त्रमा व्यवस्थापिकाले कार्यकाल पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन।’
सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
३ हप्ता अघि
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
२ हप्ता अघि
सुझावित समाचार
ल फर्ममा धरपकड गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल बारको माग
काठमाडौं । ल फर्मभित्र छिरेर धरपकड गरिएको घटनाको नेपाल बार एसाेसिएसले विरोध गरेको छ। यसमा संलग्न प्रहरीलाई कारबाही गर्…
मिटरब्याजको कारोबार गर्नेलाई पाँच वर्ष कैदको प्रस्ताव, खाली चेकको कारोबार पनि गर्न नपाइने
काठमाडौं। सरकारले मिटरब्याजसम्बन्धि छुट्टै कानून बनाउने प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धि बिधेयकको म…
मंगलबार १० बजेसम्मका १० खबर
नेपाल प्रहरीका ६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी, बाँकेमा नवराज मल्ल नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक …
इपिजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारत
नयाँदिल्ली । भारतले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिव…
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच उच्चस्तरीय वार्ता सकियो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भारतको नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता …
११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना
काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१००…